Monday, April 20News That Matters

उदयपुरमा अजिंगारले निल्यो ज्युँदै बाख्रा

पूर्णपुष्टि, असार २६
उदयपुर स्थित जंगलमा अजिँगारले ज्युँदै बाख्रा निलेको छ । आईतबार चौदण्डीगढी नगरपालिका ५ मा करिब १२ केजी बराबरको स्थानीयको बोका अजिंगरले निलेको हो । सुन्दरपुरमा रहेको सगरमाथा सामुदायीक वनमा अजिगरले निलेको स्थानीयले जनाए । अजिगरले चरिरहेको अवस्थामा स्थानिय कृष्ण दाहालको बोका अजिंगरले खाए पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
खबर पायलगत्तै प्रहरीले घटना स्थल पुगी उद्दार गरेको छ । प्रहरीले उक्त अजिगरलाई सुरक्षित तरिकाले बोरामा हाली सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई जिम्मा लगाएको छ ।
वन कार्यालयको जिम्मामा रहेको उक्त अजिगरलाई अजिगरको प्राकृतिक वासस्थानमा लगेर सुरक्षित तरिकाले छोडिने जिल्ला वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिनु भएको छ।