Wednesday, June 17News That Matters

विद्युत समस्याका कारण १७ दिन देखी उदयपुर सिमेन्ट उद्योग वन्द, दैनिक १ करोड घाटा

पूर्णपुष्टि, असार २६
नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखी बन्द अवस्थमा रहेको छ । असार ९ गते राती नेपाल विद्युत प्राधिकरणको लाहानमा रहेको सव–स्टेसनको ट्रान्सफर्मर बिग्रिएर पूर्ण विद्युत आपूर्ति नहुँदा उद्योग वन्द भएको हो । उदयपुर सिमेन् उद्योग सञ्चालन हुन ६ मेघावट विद्युत आवश्यक पर्ने भएपनि विद्युत विद्युत प्राधिकरणले सोलु करिडोर बाट २ मेघावाट विद्युत पठाएको अवस्था छ । यसरी अचानक उद्योग वन्द हुँदा प्रतिदिन एककरोड घाटा हुने उद्योगका नायव माहाप्रवन्धक बिजय ठाकुरले जानकारी दिए । विद्युत आपूर्तिको समय उद्योगले दैनिक ८ हजार बोरा सिमेन्ट बिक्रि गर्दै आएको पनि ठाकुरले जनाए । विद्युत समस्याले १७ दिन देखी वन्द रहेको उद्योगले उत्पादन गर्ने गैँडा छाप सिमेन्ट बजारमा पाउन छाडिएको अवस्था छ ।