
पूर्णपुष्टि, असार २६
स्व : लालशेर राई स्मृति २२ औँ मेयर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो दिन बोक्से पराजित भएको छ । गत बर्षको बिजेता समेत रहेका १० नं वडा बोक्से १२ नं वडा सँग १÷० को विरुद्धले पराजित भएको हो । दिउँसो २ बजे देखी सुरु भएको उक्त खेलको हाफ पछिको ७ औँ मिनेटमा १३ नं वडाले १ गोल गर्दै खाता खोलेका थिए ।
अन्तिममा खेल अबधिभर सोही गोल निर्णयक बन्न पुगेका थिए । बोक्सेलाई १३ नं वडाको तर्फबाट रबीसंकर चौधरीले १ गोल गर्न सफल भएको हो । खेल समयभरी बोक्सेले भने कुनै पनि गोल गर्न सकेनन् । निकै आक्रमक प्रदर्शन गर्दै आएका बोक्से १२ नं सँग सुन्यमै सिमित बने । शनिवार बाट जारी खेलको दोस्रो दिन ४ टिमले खेल्ने अयोजक तथा उदयपुर जिल्ला फुटवल संघका माहासचिव मदन भुजेलले जनाए । भुजेलका अनुसार खेलमा जम्मा १४ ओटा टिमले सहभागी जनाएको छ ।

