
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । हिजो जेनजी प्रदर्शनले अस्तब्यस्त बनेको उदयपुर आज शान्त छ । विशेषगरी सदरमुकाम गाईघाट अस्तब्यस्त बनेको थियो । यहाँस्थित सरकारी कार्यालय र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो ।
चौकमा शालिक तोडफोड हुनुका साथै दुईपांग्रे सवारी साधनमा आगजनी भएको थियो । आज विहानैदेखि जेन्जी समुहको नाममा कुनै पनि गतिविधि नभएको प्रहरीले जनाएको छ ।
