
पूर्णपुष्टि/उदयपुर, भदौ २५ ।
गएराती १० बजेदेखि नेपाली सेना शान्ति सुरक्षाका लागि सडकमा खटिएका छन् । गाईघाट बजार र जिल्लाको सबै क्षेत्रमा सेनाको पैदल तथा सवारीसाधनबाट गस्ती भइरहेको छ ।
सेना परिचालनसंगै जेनजी प्रदर्शन रोकिएको छ । नेपाली सेनाले आज दिनभर निषेधाज्ञ देशभर लागु गरेको छ भने भरै ५ बजेदेखि भोली विहान ६ बजेसम्म कफ्यू आदेश जारी गरेको छ ।
निषेधाज्ञको बेला हुलहुज्जत, प्रदर्शन, विरोध, र्याली, भेला गर्नु हुदैन । निषेधाज्ञको अवज्ञा नगर्न नेपाली सेनाले माइकिङमार्फत अनुरोध गरिरहेको छ । स्थानीय प्रशासनसमेतले सुचना जारी गरी निषेधाज्ञ र कफ्युको पालना गर्न अनुरोध गरेको छ ।
आज सामान्य अवस्थामा उयदपुरको जनजीवन चलेको छ । विहान बन्द रहेपनि दिउसोदेखि बजार पसलहरु खुलेका छन् । यातायात चलेका छन् ।
