Thursday, June 18News That Matters

उदयपुरमा उभौली साकेलाको रौनक : तस्विर सहित

पूर्णपुष्टि,वैशाख २२ । किरात समुदायको उभौली पर्व देशैभर सुरु भएको छ । हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायहरुले मनाउने उभौली पर्वले उदयपुरमा पनि रौनकता छाएका हो ।

सांस्कार संस्कृति सहितको पोशाकमा निस्कीएका युवा युवतीहरुले ढोलझ्याम्टाको तालमा झम–झीम्त साकेला नाचे । गाईघाट स्थित साकेला थानको मछामा घरमा बिहान सिकारी पुजाआजा पश्चात औपचारिक रुपमा उभौली पर्व सुरु गरिएको हो । सिकारी पुजा पश्चात त्रियुगा नगरपालिका १० बाबरी भूमेस्थानमा भव्य साकेला सिल्ली नाचिएको हो ।

सोहि दिन किराँत राई योयोक्खाका प्रारम्भिक कमिटिका अध्यक्ष दिल बहादुर राईको सभा अध्यक्षतामा त्रियुगा नगरपालिकाका उप–प्रमुख मेहश्वरीराईले बाबरी साकेला थानको नयाँ भवन उत्घाटन समेत गरेकी छिन् । उद्घाटनमा बोल्दै उप–प्रमुख राईले हाम्रा भाषा संस्कृती, सभ्यतालाई जगेर्णा गर्न आफु सधैब लागी पर्ने बताईन् । कार्यक्रममा वडा नं.१० का वडा अध्यक्ष किरण पाण्डे, जिल्ला सम्वनवय समितिका पूव उपाध्यक्ष गंगा राईल लगाएत किराँत यायोक्खाका प्रतिनिधी साथै बिभिन्न ठाउँबाट आएको किराँत समुदायहरुको उपस्थिति रहेको थियो ।

यस साकेला उभौली किराँत, राई, लिम्बु, याक्खा र सुनुवारको प्रमुख चाडको रुपमा लिने गरिन्छ । किराँत समुदायमा बाली लगाइने समय अर्थात गर्मी मौसम सुरु भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने चलन छ ।