Monday, April 20News That Matters

उदयपुरमा एकै दिन ५ सय ८० किलो गाँजा बरामद

पूर्णपुष्टि, जेठ २१ । उदयपुरमा सशस्त्र प्रहरीले एकै दिन ५ सय ८० किलो गाँजा बरामद गरेको छ । जिल्लाको बेलका नगरपालिका –८ सिसौलिघाटस्थितमा आईतबार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले उक्त परिणमको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बिहान करिब ७ बजेको समयमा रामपुरबाट खटिएको गस्ती टोलीले बिषेश सुचनाको आधारमा सिसौलिघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको २ सय ८० किलो गाँजा बरामद गरेको हो ।साझँ पनि सोही स्थान नजिकै ७ वटा बोरामा लुकाएर राखिएको ३ सय किलो गाँजा बरामद भएसँगै एकै दिन ५ सय ८० किलो गाँजा बरामद भएको हो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाईएको उनले जानकारी दिए ।