Tuesday, June 2News That Matters

उदयपुरमा एमालेको अग्रतामा एक घट्यो

पूर्णपुष्टि, जेठ १
हाल उदयपुरमा छ वटा पालिकमा मत गणना भइरहदा तीनवटामा अग्रता देखिएको नेकपा एमालेको एउटा पालिका अग्रताबाट घटेको छ । रौतामाई गाउँपालिका अग्रताबाट घटेको हो । रौतामाईमा एमालेलाई १४१ मतको फरकमा गठबन्धनले उछिनेको हो ।
उदयपुरको ताप्ली गाउँपालिका र चौदण्डीगढी नगरपालिकामा भने नेकपा एमालेको अग्रता कायम छ । दुईवडाको मतगणना सकिसकेको ताप्लीमा एमालेको अध्यक्ष उम्मेदवार बाबुराम राईको ८१८ मत छ । उनको निकटतम प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार माधव रास्कोटीको ४०२ रहेको छ ।
यता चौदण्डीगढीमा अग्रस्थान ओगेटेको एमालेको प्रमुख उम्मेदवार कालु लामाको १,३८३ रहेको छ भने निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका खगेन्द्र राईको १,२४२ रहेको छ । राई निवर्तमान नगरप्रमुख हुन् ।
चौदण्डीगढीमा उपप्रमुखमा एमालेकै मनिकादेवी दुलालको १,४२४ मतका साथ अग्रस्थान छ भने निकटतम् कांग्रेसकी रिताकुमारी चौधरीको १,२७४ रहेको छ । अहिले एमालेको अग्रस्थानबाट रौतामाई घटेको हो ।