
पूर्णपुष्टि, जेठ २२ गते ।
उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राईको शनिवार रातीको करिब ९ बजे करेन्ट लागेर ज्यान गएको हो ।
घरमा भएको विद्युतीय तार हटाँउन खोज्दा एक्कासी करेन्ट लागि घाईते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।
आफ्नै निर्माणाधीन नयाँ घरको लागि मिस्त्रीहरुले बेलुका काम गरेर त्यतिकै छाडेको वायरिङको तार हटाउँने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
