Wednesday, May 13News That Matters

नवजात शिशुको मृत्यु पश्चात कोशी अस्पताल तनावग्रस्त

पूर्णपुष्टि, जेठ २२ गते ।
कोशी अस्पतालमा नवजात शिशुको मृत्यु पश्चात अस्प्ताल तनावग्रस्त बनेको छ । मोरङको बेलबारी–७ निवासी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गए राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । प्रधानले शुक्रबार राति ८ बजे छोरीलाई जन्म दिएकी थिइन् । डेलिभरी नर्मल थियो ।
डेलिभरीपछि नवजाजत शिशुको मुखमा दिशा परेको भन्दै उपचार गर्न लगियो । तर, राति ११ बजे भने शिशुको मृत्यु भएको खबर आयो । प्रधानका श्रीमान् दीपेन्द्र श्रेष्ठका अनुसार डिस्चार्ज पेपरमा ‘स्टील बर्थ’ भनेर लेखिएको थियो । ‘स्टील बर्थ’ अर्थात मरेको बच्चा जन्मिएको हो । डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको कसरी लेखियो भनेर बुझ्न खोज्दा चिकित्सक र अस्पताल प्रशासनसँग भेट्न नपाएको उनीहरूको भनाइ छ ।