
पूर्णपुष्टि, साउन १७
उदयपुरमा करेन्ट लागेर सिन्धुलीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१४ सिन्धुली घर भई कटारी नगरपालिका–६ साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क रहेका छन् ।
आज दिउँसो १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउने क्रममा अचानक करेन्ट लागेर बि.क. घाईते भएका थिए । उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
