
पूर्णपुष्टि, साउन १७
मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ । आज बिहन ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी–२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए ।
घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
