Wednesday, June 10News That Matters

उदयपुरमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण संञ्चालन गर्ने

पूर्णपुष्टि फागुन ३० । नेपाली काँग्रेस उदयपुरले आगामी चैत्र १८ गतेबाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेस उदयपुरको पदाधिकारी तथा प्रदेश र पालिका सभापतिको गाईघाटमा सम्पन्न बैठकले चैत्र १८ देखि १९ गतेसम्म उदयपुरगढीमा २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको आन्तरिक जीवन, संगठन शसक्तिकरण, देश विकासमा काँग्रेसको भूमिका र राजनीतिक विचार तथा सैद्धान्तीक विषय बारे जानकारी दिन प्रशिक्षण कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नविन राईले जानकारी दिएका छन् ।

पार्टी सभापति हिमाल कार्कीको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली बनाएर विकास र राजनीति दुबै क्षेत्रको प्रशिक्षण दिने योजना अघि सारेको सदस्य राईले बताएका छन् ।

जिल्लाको सबै तहका संगठनलाई बलियो बनाउन बैठकले रणनीति सहीत गतिविधी अघि बढाउने निर्णय गरेको छ । बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित भई हाल विभिन्न कारणले रिक्त रहेको पदलाई नेपाली कांग्रेस केन्द्रिय कार्य समितिसँग समन्वय गरी पदपुर्ती गर्ने प्रस्ताव पारित गरेको छ । साथै आसन्न चैत्र ५ गते हुने स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा नेपाल विधार्थी संघ र गठबन्धका उम्मेदवारहरुलाई निर्वाचित गराउनको लागी पाटीको सवैतहका प्रमुख, पदाधिकारी तथा सदस्यहरुलाई आफ्ना मातहतका निकायलाई जानकारी गराई, प्रचार प्रसारगरी मतादान गर्न अभिप्रेरित गराई सम्पुर्ण तवरबाट सहयोग गर्न आग्रह गरेको छ ।