Thursday, June 11News That Matters

वीर अस्पातालका ५ जना नर्स निलम्बित

पूर्णपुष्टि, फागुन ३० । वीर अस्पतालका ५ जना स्टाफ नर्स सेवाबाट निलम्बनमा परेका छन् । अस्पताललाई जानकारी नगराई बिदामा बसेको र सुचना प्रकाशन गर्दा पनि सम्पर्कमा नआएका कारण उनिहरु निलम्बन गरेको अस्पतालले जनाएको छ ।

निलम्बनहुनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको अस्पतालले जनाएको छ । तर सुचना जारी गर्दा पनि हाजिर हुन नआएपछि उनिहरु निलम्बनमा परेका हुन् ।

अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।