Saturday, June 13News That Matters

उदयपुरमा काठसहित युवक पक्राउ

पूर्णपुष्टि, माघ २२ गते । उदयपुरमा काठसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी नगरपालिका–१० हडिया बस्ने २० बर्षीय मन्जित सदा रहेका छन् ।

शनिबार राती ९ बजेको समयमा चौदण्डिगढी नगरपालिका–१० खैराझोडा स्थित कुन्तिमाई सामुदायिक बन उपभोक्ता समितिको जंगलबाट सदा पक्राउ परेका हुन् । अबैध रुपमा सखुवाको काठ तस्करी भई रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले उनलाई काठ सहित पक्राउ गरेको हो ।

उनलाई स ७ प १५३ नम्बरको मोटरसाईकलमा सखुवा जातको एक थान काठको टुना लोड गरीरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोहि स्थानमा लुकाई राखेको चार टुना गरी जम्मा पाँच टुना सखुवा जातको काठ (जम्मा २८.५ क्यू फिट) बरामद भएको छ । पक्राउ परेका सदा र काठ आवश्यक कार्वाहिको लागि डिभिजन बन कार्यालय उदयपुर गाईघाटमा बुझाएको छ ।