
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज आईतबार लामिछानेले बिशेष पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
रवीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रवी चितवन–२ बाट निर्वाचित सांसद हुन् । उनि उपप्रधान तथा गृहमन्त्री समेत भएका थिए । त्यसपछि सर्वोच्चले नागरिकता अवैध रहेको फैसला दिएपछि उनको सबै पद तथा जिम्मेबारी गुमेको थियो । सर्वोच्चको आदेश बमोजिम कानुनी प्रकिया पुरा गरि आईतबार लामिछानेले जिल्ला प्राशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएको हो ।
नागरिकता लिएपछि पुन गृह मन्त्रलाय आफ्नै पार्टीले पाउनु पर्ने अडान लिर्दै आएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सकारात्मक नहुँदा सरकारमा रहने वा नरहने भन्ने बिषयमा रास्वपा भित्र छलफल चलिरहेको छ ।
