Sunday, April 19News That Matters

उदयपुरमा खेत जोत्न जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, चैत्र १ । उदयपुरको बेलका नगरपालिकाको वडा नं. २ भागलपुरमा खेत जोत्न जादै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा स्थानिय राजेश यादवको खेत जोत्न जादै गरेको ट्याक्टर कोशी बगरको किनारको डिलमाथि चढ्दै अचानक पल्टिदा चालक शोकिन्दर चन्द्रवंशीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी सहित तल झरेका चालकलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । ट्याक्टर भागलपुरका अनिल गुप्ताको रहेकोे खुल्न आएको छ । घटनाको अनुसन्धान भैरहेको र चालकको शब पोस्ट मार्टमकोलागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।