Sunday, April 19News That Matters

श्रम संस्कृती पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंग्यायो, को–को परे ?

पूर्णपुष्टि, चैत्र १ । श्रम संस्कृती पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज धरानमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समानुपातिक तर्फका ४ जना सांसदको नाम टुंगो लगाएको पार्टीका प्रवक्त्ता सत्य घलेले जानकारी दिए ।

श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने प्रवक्त्ता घलेले बताए ।

आदिवासीबाट छनोटमा परेका बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन पूर्ण लिम्बूको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै सार्वजनिक गरेका थिए । त्यस्तै जेनजी समूहलाई पनि अनिवार्य समेट्ने उद्देश्यले मधेशी महिलाबाट ठाकुरको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए । समानुपातितर्फ पार्टीमा महिला कार्यकर्ताहरू सांसदका आकांक्षी बढी देखिएपछि थोरै सिटमा मिलाउन सकस भएको थियो ।