Sunday, April 19News That Matters

बेवारिसे मानिस बेल्टार बसपार्कमा मृत फेला

१ चैत्र, २०८२ । उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेबारिसे अवस्थाका एक मानिस आज मृत फेला परेको छ ।  जडिबुटिसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । बेल्टार बजारको बसपार्कस्थित सार्बजनिक विश्रामघरमा मृत अवस्थामा फेला परेको हो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो ।
मृतकको आफन्त र चिनजानका मानिसको खोजी भईरहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी नीरिक्षक प्रभात लक्सम लिम्बुले जानकारी बताए ।