Friday, May 15News That Matters

उदयपुरमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

पूर्णपुष्टि, असार २४ । उदयपुरको बेलका नगरपालिका वडा नं. ३ सातपत्रेमा गिदेरी खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मृतक ५० वर्षीय इन्द्र बहादुर बुढाथोकी हुन्। शनिबार बुढाथोकीलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट तत्काल प्रहरी टोली परिचालन गरिएको थियो।

खोजी कार्यमा खटिएको प्रहरी टोलीले आइतबार बुढाथोकीको शव फेला पारेको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव आफन्तलाई बुझाइएको डिएसपी चापागाईले जानकारी दिए। स्थानीय प्रशासनले वर्षायाममा खोला नजिक जाँदा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।