Sunday, May 31News That Matters

उदयपुरमा गाँजा बोकेको कार प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि, भदौ ०३ गते । उदयपुरको बेलका नगरपालिका–२ स्थितबाट बेबारीसे अवस्थामा लागू–औषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा गाँजा बरामद गरेको हो ।

कारमा गाँजा फेला परेसँगै खोला किनार समेत ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम गाँजा पनि फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोजतलास तथा अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।