Sunday, May 17News That Matters

उदयपुरमा गाँजा सहित २ युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १६

उदयपुरको चौदण्डिगढी नगरपालिका–४ नमुना चौकबाट गाँजा सहित प्रहरिले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स। ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । मोटरसाईकल सहित पक्राउ परेका दुबैजनालाई  ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।