Sunday, May 17News That Matters

लागुऔषध सहित २ युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १६

मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् । हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुको साथबाट लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको छ ।