Thursday, June 11News That Matters

उदयपुरमा चारघण्टामा १९ हजार ३४५ मतदान

पूर्णपुष्टि, बैशाख ३० 
उदयपुरको आठ पालिकामा मतदान सुरु भएको चारघण्टामा १९ हजार ३४५ मत खसेको छ । यो समयावधीमा सबैभन्दा बढि जिल्लाको कटारी नगरपालिकाको पञ्चावती मा.वि. खसिबास मतदान स्थलमा मतदान भएको छ । त्यहाँ २३ प्रतिशत मत खसेको सुरक्षा स्रोतले जनाएको छ ।
जिल्लाको ९८ स्थलको २५८ केन्द्रहरुम मतदान कार्य चलिहरको छ । सबै ठाउँमा मतदान शान्तिपूर्वक र उत्साहजक ढंगले भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो