Friday, June 12News That Matters

उदयपुरको सबै ठाउँमा शान्तिपूर्वक मतदान कार्य हुदै

पूर्णपुष्टि, बैशाख ३०
उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भईरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो ।
दुइ लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै विहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।
मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । विहानै देखि मतदानस्थलमा भिडभाड देखिएको छ । भिडलाई ब्यवस्थित पार्दै पुरुष, महिला र बृद्धबृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लाईन ब्यवस्था मिलाइएको छ ।

मतदानका लागि मौसमले साथ दिएको छ । विहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टागेर मतपत्र तथा पेटीकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सन्चालन सहज भएको जनाइएको छ ।
मतकेन्द्र, मत पेटीका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्येनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।