Thursday, June 11News That Matters

त्रियुगामा उत्साहाजनक मतदान, फोटो फिचर

पूर्णपुष्टि, बैशाख ३०
उदयपुरको पुरानो र ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगा नगरपालिका ११ स्थित त्रिउमावि मतदान स्थलमा उत्साहजनक मतदान भैरहेको छ । शुक्रबार ७ बजे देखी समयमै सुरु भएको मतदान धमाधम चलिरहेको छ । मतदान शान्त वातावरणमा चलिरहेको छ । मतदानका लागि सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीहरु ठाउँठाउँमा खटिएको अवस्था छ । यसैगरी उम्मेदवारहरुले जनताहरु समक्ष नमस्कारको ओईरो बर्षाएको छ ।

मतदान स्थालमा प्रमुख निर्वाचन अधिकृत दिपक खनाल लगायतका सुरक्षा निकायका प्रमुखहरुले अनुगमन समेत गरेका छ । ५५ सयको हाराहारीमा रहेको ११ नं वडाका लागि अध्यक्षहरुमा नेपाली कांग्रेस बाट सुमन्त कोईराला, गठबन्धन बाट कालिदास राई (किसन) र एमाले बाट दिल बहादुर तामाङ्प्रमुख प्रतिस्पर्धि उम्मेदवारी छन् ।

अन्य स्वतन्त्र बाट संघिय समाजवादी पार्टी बाट निलहरी शर्मा लगायतका उम्मेदवारी छन् । मतदानका लागि जेष्ठ नागरिक, महिला र अपाङगता भएका व्यक्तिहरु स्थालमा आएका छन् । बिहानै बाट लाईनमा बसेर मतदाताहरुले मतदान गरिरहेको अवस्था छ । त्रियुगा नगरपालिका भरी जम्मा ६० हजार हाराहारीमा मदताताहरु रहेको छ । जस् मध्ये १६ ओटै वडाहरुमा रहेको मत सकेन्द्रहरुमा मदतानको काम भैरहेको अवस्था छ ।