
पूर्णपुष्टि, बैशाख २९
उदयपुरको त्रीयुगा नगरपालिकाको मतगणना बोक्से स्थित भेटनरी अस्पताल तथा पसुशेवा बिज्ञ केन्द्रको कार्यालयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत दिपक खनालले बिज्ञपति जारी गर्दै मतगणना स्थलबारे जानकारी गराउनु भएको छ ।
यस्तै मतगणना कहिले गर्ने बारेमा भने मतपेटिका जम्मा भैसकेपछी निर्णय गरिने उल्लेख गरिएको छ । भेटनरी अस्पतालमा हुने मतगणनामा एकैचोटी ३ र ४ ठाउमा गर्ने तयारी समेत गरेको छ ।
