Thursday, June 11News That Matters

उदयपुरमा निर्वाचनको तयारी पुरा

पूर्णपुष्टि, बैशाख २९
उदयपुरमा स्थानिय तह निर्वाचन ०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । स्थानिय तहका जनप्रतिनिधी चुन्न भोली बैशाख ३० गते बिहान ७ बजेदेखी मतदान हुदैछ ।
जिल्लाका आठ पालिकाका अन्ठानब्बे मतदान स्थल तथा एक सय अन्ठाउन्न केन्द्रमा निर्वाचनको सम्पुर्ण तयारी गरिसकेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो । प्रत्येक मतदान स्थलमा मतदानका लागि आवश्यक व्यवस्था गरिसकेको जानकारी दिदैँ मुख्य निर्वाचन अधिकृत खनालले मतदातालाई निर्भयका साथ मतदान गर्न अनुरोध समेत गर्नुभयो ।