
पूर्णपुष्टि, चैत २८ गते ।
उदयपुरको कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहालले दाउराले हान्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान शौचालयमा बसेको बेला चिर्पट दाउराले टाउकोमा प्रहार गर्दा ३८ वर्षीया नानुमाया दाहालको घटना स्थलमै मृत्यु भएकोे हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षकसहितको प्रहारी टोली घटना स्थल पुगेका थिए । दाहाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी लालबहादुुर श्रेष्ठले बताए ।
मृतक नानुमायाको शवलाई कटारी अस्पतालमा पोष्टमार्टम गरी भाईलाई बुझाएको श्रेष्ठले बताए ।
