Friday, May 22News That Matters

हँसिया प्रहारबाट श्रीमानको हत्या पश्चात पुलिस चौकी पुगे महिला

पूर्णपुष्टि, चैत २८ गते ।
हँसियाले हानेर कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापामगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो,’ प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’
फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।