
पूर्णपुष्टि, चैत्र १६ । उदयपुरमा चेक अनादर र लागुऔषध मुद्धाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ ताप्ली गाँउ बस्ने कासिराम श्रेष्ठ, त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने ३७ बर्षीय माईला भन्ने राजकुमार राई र त्रिनपा–६ जलजले बस्ने ३० बर्षीय मनोज सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार विभिन्न मितिमा जिल्ला अदालतले फैसला गरी सजाय तोकिएका उनिहरुलाई जिप्रका बाट खटिएको विशेष प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
चेक अनादर मुद्धामा श्रेष्ठलाई मिति २०७९÷१२÷१४ गतेको फैसलाले २ बर्ष कैद सजाय, लगत न ३८५१ लागू औषध मुद्दामा राईलाई मिति २०८०÷३÷२१ गतेको फैसलाले १ महिना ८ दिन कैद सजाय र लागुऔषध मुद्धामा सदालाई मिति २०७१÷०९÷०४ गतेको फैसलाले रु. २ हजार रुपैँया जरिवाना तोकेको थियो । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
