Sunday, May 3News That Matters

नेकपा एमाले उदयपुरकाे नेतृत्वमा भागवत राउतकाे जीत

पूर्णपुष्टि, चैत्र १५ ।

नेकपा एमाले उदयपुरकाे अध्यक्षमा भागवत राउतकाे जीत भएकाे छ । उनले ३४४ मतका साथ अध्यक्ष पद जितेका हुन् । प्रतिद्वन्द्वि परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे ।

उपाध्यक्षमा कालुमान लामाले जीत हात पारेका छन् । १ मतकाे अन्तरमा उनले जितेका हुन् । लामाकाे १९२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वी दिलबहादुर तामाङकाे प्राप्त भयाे । तामाङले सुरुदेखि अग्रता कायम देखाए पनि अन्तमा १ मतले पराजित भए । उपाध्यक्षका अर्का उम्म्दवार भरतबहादुर थापाकाे १३७ मत प्राप्त भयाे ।

सचिवमा टेकबहादुर राउतले जितेका छन् । उनले १९१ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी सम्भु पाैडेलकाे मत १८३ र  महेश राेकाकाे १४० मत रहेकाे छ ।

सहसचिवमा १९४ मतका साथ हेमबहादुर खड्काले जितेका छन् । जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३,  दुर्गानन्द चाैधरी ५३ र धर्मबहादुर तामाङकाे ४६ मत छ । महिला सहसचिवमा गङ्गा राइ २६० मतका साथ विजयी बनिन् । महेश्वरी राइ १४९ र गीता खड्का १२५ मत रहेकाे छ ।

याेस‌‌गै पदाधिकारी पाँचसहित १०५ जनाकाे नयाँ जिल्ला कमिटि चयन भएकाे हाे । भुगाेल, खुल्ला, दलित, जनजाती, महिला सदस्यामा धेरैजसाे सर्वसहमत भएकाे थियाे भने केहीमा चुनाव भएकाे थियाे ।