
पूर्णपुष्टि, चैत्र १५ ।
नेकपा एमाले उदयपुरकाे आधाबढी मतगणनामा पनि अध्यक्षमा भागवत राउनकाे अग्रता कायमै छ । तीनसय मतगणना हुँदा राउतकेा १८८ र परमेश्वर घिमिरेकाे ११२ मत छ । उपाध्यक्षमा ११० मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ भने ८९ मतका साथ कालुमान तामाङ दाेस्राेस्थानमा र भरतबहादुर थापाकाे ६९ मत रहेकाे छ । सचिवमा १०४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने सम्भु पाैडेलकाे १०० मत र महेश राेकाकाे ६६ मत रहेकाे छ ।
सहसचिवमा ११० मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ । दाेस्राेमा जीवनाथ दाहाल ६३ मत, मन्दिप राइ ४३, दुर्गानन्द चाैधरी २९ र धर्मबहादुर तामाङकाे २० मत छ । महिला सहसचिवमा गङ्गा राइ १३७ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ७१ र गीता खड्का ६५ मत रहेकाे छ ।
