
पूर्णपुष्टि, साउन १४ । उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३५ बर्षीय कपिल भन्ने कपिलेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा ५ महिना ३ दिन कैद र ४५ हजार रुपैँया जरिबाना भई फरार रहेका चौधरीलाई शनिबार जिप्रका बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
