Wednesday, April 22News That Matters

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

पूर्णपुष्टि, साउन १४ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको गोली हानी हत्या भएको मृतकका मृतकका काका देउभान वलीले जानकारी दिए ।

काका वलीका अनुसार स्थानीय समयानुसार आइतबार बिहान करिब ५ बजे एक ग्यास स्टेशनमा काम गरिरहेका ओलीमाथि लुटेराको समूहले गोली प्रहार गरी हत्या गरेको हो। ओली ७ महिना अघि मात्र अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। देउभान ओली रुकुम पश्चिमको जिल्ला समन्वय समितिका सदस्य समेत हुन्। मृतक ओलीको श्रीमती र एक छोरी नेपालमै रहेका छन्। स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।