Monday, September 14News That Matters

गोरखामा पहिरो अपडेट : तीन जनाको शव फेला, दुई अझै बेपत्ता

पूर्णपुष्टि, साउन १४ । गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका ३७ वर्षीय छोरा जीतबहादुर गुरुङ र ३५ वर्षीया बुहारी कान्छीमाया गुरुङको शव भेटिएको हो । कान्छीमायाको शव शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा फेला परेको थियो।

प्रहरीले शव पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरेको छ। आइतबार बिहान करिब तीन बजे गएको पहिरोमा अझै दुई जना बेपत्ता छन्। उनीहरू सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय ट्याक्टर चालक रमेश परियार हुन्। प्रहरीले यी दुई व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ।