
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ बस्ने ३३ बर्षीय होमराज कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुुसार जिल्ला अदालतको लगत नं. ३७६६ मिति २०७९।११।१५ गतेको फैसलाले चोरी मुद्धामा २ दिन कैद सजाय र ७ हजार रुपैँया जरिबाना भएको कार्कीलाई जिप्रका बाट खटिएको विशेष प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
