Sunday, May 3News That Matters

एमाले उदयपुरको नयाँ कार्यसमितिले खाए सपथ

पूर्णपुष्टि, १६ चैत्र ।
नेकपा एमाले उदयपुरका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाईएको छ । शुक्रबार गाईघाट स्थित पार्टी कार्यालयमा पदाधीकारी सहित १०५ जना कार्यसमितिका सदस्यहरुलाई सपथ खुवाईएको हो ।

एमाले उदयपुरले १३ र १४ गते नवौँ जिल्ला अधिवेशन सम्पन्न गरेका थिए । सर्वसहमतको अवस्था नरहपछि अध्यक्ष सहित सबै पदाधिकारीहरु चुनाव मार्फत छानिएका थिए । अध्यक्षमा पूर्व अध्यक्ष समेत रहेको परमेश्वर घिमिरेर भागवत राउत लडेका थिए । अन्य तिन जना अध्यक्ष आकांक्षीहरुले भने उम्मेदवारी फिर्ता लिएका थिए । १५ गते आएको मत परिणाम अनुसार राउतले घिमिरेलाई पराजीत गर्दै नयाँ कार्यसमिति तय गरेका थिए । सपथ सँगै पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । सपथ पार्टीका पोलिटव्युरो सदस्य तथा उदयपुरका इन्चार्ज पर्शुराम मेगी गुरुङले खुवाएका थिए ।