Tuesday, June 2News That Matters

उदयपुरमा जिल्ला स्तरीय शारीरीक सुगठन च्याम्पियनसिप हुने, प्रथम हुनेलाई ५१ हजार

पूर्णपुष्टि, फागुन ९
उदयपुरमा पहिलो पटक ठुलो राशी पुरस्कार सहित जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप हुने भएको छ । यहि फागुन १४ गते गाईघाट स्थित टाउन होटलमा च्याम्पियन कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । ईनर्जी फिटनेस क्लवको आयोजनामा २० जना भन्दा बढी पुरुष खेलाडीहरुको सहभागी रहने जनाएको छ । आयोजक कमिटीले जनाए अनुसार खेलमा करिब ६ लाख बराबर खर्च लाग्ने जनाएको छ ।

कार्यक्रमको मुख्य प्रायोजक फिनिक्स डिष्टीलरी र रिलायबल फुड एण्ड बेभरेजले गरेको छ । शनिवार हुने उक्त प्रतियोगितामा खेलका लागि बाहिर बाट जर्ज ल्याउने जनाईको छ । खेलमा उदयपुर जिल्लाका खेलाडीहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ । खेलमा सहभागी हुन उदयपुरकै हुनु पर्ने र त्यस ठाउँ भित्रको पहिचान खुलाउने प्रमाण हुनु पर्ने छ । उक्त च्याम्पियनमा ७ ओटा इन्टरनेशनल पोजिसनहरु प्रदर्शन गर्नु पर्ने आयोजकले प्रष्टाएको छ ।

खेल क्षेत्रको विकास गर्न उदयपुर जिल्ला पनि अब्ल रहेको छ भन्ने सन्देश दिने उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा इनर्जी फिटनेस क्लवका संञ्चालक मनोज कटुवालले जानकारी दिए । पहिलेको मानिसहरु काम गरेर आफ्नो शरिर स्वास्थय राख्थे र अहिले भने त्यस्ता कुनै कामहरु गर्न छाडेको अवस्थामा पछिल्लो समय मानिसहरु अल्छिपना हुनुका साथै रोगहरु बढेको भन्दै यसको न्युनिकरणमा समेत यस कार्यक्रमले सहयोग गर्ने कटुवालले जनाए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार नगद ट्रफी, प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको छ भने दोस्रो पुरस्कार रु २५ हजार र तेस्रो पुरस्कार रु १५ हजार तथा ट्रफी, प्रमाण पत्र र मेडलको व्यवस्था रहेको आयोजकले एक पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रतियोगितामा मुख्य दुई प्रायोजकहरु रहेको अवस्था रहेपनि आर्थिक अपुग नै रहने भन्दै अन्य रकम भने संघ सस्था, व्यक्ति सम्वन्धित निकायहरु, नगरपालिका तथा गाउँपालिकाहरुलाई सहयोग गर्न समते आयोजकले अनुरोध गरेको छ ।