Tuesday, June 2News That Matters

चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

पूर्णपुष्टि, फागुन १० ।
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र–८ सुनसरीका २७ वर्षीय अटल राई, शिवसताक्षी नगरपालिका– ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका –६ का २७ वर्षीय दिलिप लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र–६ बाट उनीहरु तीनै जना पक्राउ परेको प्रहरीले जनाएको छ । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटरसहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्ड लगायत अन्य समान सहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए संगै चोरीमा संग्गल्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरका एन्सेलको रिचार्ज कार्ड र नगद रू २५ हजार समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।