
पूर्णपुष्टि, माघ १६
त्रियुगा नगरपालिका १ रुपनीमा भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ । चालक बाबु दुई छोरा सहित ३ जना घाईते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । शनिवार खोला छेउमा खेत जोतेर फर्कने क्रममा स १ त ४२९३ नं को ट्याक्टर आफै दुर्घटना भई ३ एकै परिवारको बाबु र दुई छोरा गरी ३ जना घाईते भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसार घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षिय नितेष चौधरीको भने उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

सोहि ठाउँका अन्य दुईजना ट्याक्टर चालक अन्दाजी ४० बर्षिय सत्य नारायण चौधरी र उनकै छोरा १२ बर्षका निमिष चौधरी भने सामान्य घाईते भएको छ । घाईते मध्ये बाबुको दाहिने हातमा चोट लागेको छ भने, निमिष चौधरीको बाया कम्वर र दुवै खुट्टामा चोट लागेको छ । अर्का छोराको भने उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा राति झण्डै ९ बज्न लाग्दा ज्यान गएको जनाएको छ । मृतकको पोष्टमाटमका लागि लास जिल्ला अस्पतालमा राखिएको छ ।


