
पूर्णपुष्टि, माघ १५
नेकपा एमालेले स्थानीय चुनावको मिति तय बारे आन्दोलनको तयारी थालेको छ । सरकारलाई तत्काल उचित समयमा स्थानीय तहको निर्वाचन बारे मिति तोक्न दवाद दिँदै आन्दोलनको तयारी गरेको जनाईएको छ । आन्दोलनमा एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको भन्दै त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी रहेको नेकपा एमाललेले जनाएको छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले बताए । रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ ।

आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना(साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’ आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।

