Wednesday, April 29News That Matters

उदयपुरमा ठुलो परिमाणमा बरामद गरिएको गाँजा जलाएर नष्ट

पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानबाट बरामद गरिएको ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा फेला परेको १७७४ किलो ३८७ ग्राम भन्दा बढी ग्राम गाँजा सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको कम्पाउण्ड भित्र खाली जग्गामा नष्ट गरिएको हो ।

प्रहरीले विभिन्न मिति,समय र स्थानमा नियन्त्रणमा लिएको उक्त गाँजा उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बेलका नगरकार्यपालिकाको कार्यालयका प्रतिनिधि, वडा नं।९का जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प डुडखोलाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालय रामपुरका प्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको हो ।