
पूर्णपुष्टि, १६ बैशाख ।
उदयपुरको गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु भएको छ । गाईघाट बैँकलाईनको सम्राट आयुर्वेद सँगै रहेको कोशेली गार्मेन्ट उद्योगमा सोमवारदेखी तालिम सुरु भएको हो । तालिममा १० जना सहभागी रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपर र नेपाल घरेलु तथा सना उद्योग महासंघ उदयपुरको संयुक्त समन्वयमा तालिम सुरु गरिएको हो ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । गार्मेन्ट सिलाई तालिम उच्चस्तरीय कपडा निर्माण गर्ने तालिम पनि हो । यसमा ट्रयाक सुट तथा टिसट बनाउने सिप निर्माण गरिन्छ । उद्घाटन तालिममा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बिना राई लगायतका पदाधिकारी र घरेलु उद्योग कार्यालयका प्रमुख अर्जुन घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

