
पूर्णपुष्टि, असोज ९ गते ।
उदयपुरमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । असोज ९ गतेसम्म जिल्लाभर ४३ जनामा संक्रमित भेटिएका छन् । जिल्लामा दुई सय अन्ठानब्बे जनाले डेङ्गुको परिक्षण गराएका छन् । अधिकाशं संक्रमितको स्वास्थ्य सामान्य रहेको छ ।
सबैभन्दा बढी त्रियुगा नगरपालिकामा संक्रसमित भेटिएका छन् । त्रियुगामा १६ जना संक्रमित भेटिएका छन् । बेलकामा १५ जना संक्रमित फेला परेका छन् भने कटारीमा १२ जना संक्रमित भएका छन् । यता रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ गाउँपालिका र चौदण्ढीगढी गाउँपालिकामा भने हालसम्म कुनै संक्रमित फेला परेका छैनन् । उदयपुको बेलकामा शुरुमा डेङ्गुको संक्रमण देखिएको थियो ।
