
पूर्णपुष्टि, असोज ९ गते ।
नेपालीहरुको महान चार्ड दशैं, तिहार र छठ पर्वको अवसरमा उदयपुर जिल्लामा सुरक्षा व्यावस्थालाई थप कडाई गरिएको छ । चाड पर्वहरुलाई शन्तिपुर्ण तथा हर्षौल्लासमय वातावरणमा मनाउन जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप सुढृढ बनईएको सुचना अधिकारी राकेश कुमार पोदारले बताए ।
पोदारका अनुसार सुरक्षा व्यावस्थालाई कडाई गर्नका निम्ती ३७७ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत प्रहरी कार्यालय समेतबाट ९ वटा गाडी मोवाईल , २० वटा मोटर साईकलबाट गस्ति , मुख्य बजार क्षेत्रहरुमा २४ स्थान पिकेट , ग्रामिण ईलाकाहरुमा १२ वटा ग्रामिण गस्ती , बिभिन्न स्थानमा दैनिक १० स्थानमा सरप्राईज चेकीङ , ट्राफिक सहितको संयुक्त चेकिङ १० स्थानमा परिचालित हुने छ ।

त्यस्तै, यता बढी भाडा रकम असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढि यात्रु राख्ने कार्यलाई निरुसाहित गर्न तथा यात्रुहरुलाई आवत जावत गर्न सहज बनाउने उद्देश्यले जिल्लाको ७ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरीएको जनाईएको छ । प्रहरी परिचालन गरि अन्य सुरक्षा निकायका अंगहरुसँग समेत समन्वय गरी शान्तिपुर्ण र भयरहित तवरमा चाड पर्वहरु मनाउन सक्ने वातावरण सिर्जना गर्न एकीकृत सुरक्षा योजना जिल्लाभर लागु गरिएकोे छ ।

