गाईघाटमा जडीबुटी भान्सा सुधार सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम

पूर्णपुष्टि, असोज ९
भान्सामा जडीबुटीको महत्व दर्साउँदै गाईघाटमा १ दिने प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको छ । शनिवार धन्वंनतरी जडीबुटी आयुर्बेद अभियानद्धारा आयोजित कार्यक्रममा स्वास्थ्य जिवनका लागि भान्सा सुधार गर्न आवश्यक, भान्सा सुधारका लागि जडीबुटीको आवश्यक भन्दै १ दिने बृहत प्रशिक्षण गरिएको हो । बिभिन्न आयुर्वेद्ध बिज्ञ डाक्टर तथा गुरुहरुबाट प्रशिक्षणमा ज्ञान प्रदान गरिएको छ । बालवच्चाको स्वास्थ्य सुधार र आयुर्वेद उपचार प्रणाली अकुप्रेशरको बारेमा बृहत चर्चा गरिएको छ । उक्त प्रशिक्षण झापाका बैद्धिक आयुर्वेद एण्ड अकुप्रेसर हेल्थ केयर सेन्टर प्रालिका संञ्चालक गंगा दाहालले दिनुभएको छ ।

अभियानका अध्यक्ष अनिल कटुवालले जडीबुटी उपचार पद्धती सरल र उपयोगमुखी रहेको जनाउनुभयो । उहाँले यो आफ्नै स्थानीय ठाउँहरुमा उत्पादित वस्तुलाई आफैले प्रसोधित गरी प्रयोगमा ल्याईने भएका कारण सहज सरल र फाईदा योग्य रहेको जनाउनुभयो । मानिसले स्वास्थ्य र लामो जिवन यापनका लागि भान्सा सुधार गर्नु पर्ने र भान्सा सुधारको मापदण्ड आधार नै जडीबुट रहेको समेत जानकारी गराउनुभयो । कतिपय बिना अप्रेसन रहित गरिने उपचारका कारण पनि जरीबुटी तथा आयुर्वेद पद्धती निकै उपयोगमुखी रहेको कटुवालको भनाई छ । कटुवालले लामो समयदेखी गाईघाटमा सम्राट आयुर्वेद्ध औषाधलय संञ्चालन गर्दै आईरहनुभएको छ । उहाँ एक ब्यापारी मात्रै नभई जडीबुटीको अभियानकर्ताको रुपमा लागि पर्नुभएको छ । लामो समयदेखी उदयपुरमा जडीबुटी र आयुर्वेदलाई व्यवसाय बनाउने अभियानमा कटुवालले धेरै संघर्षहरु गर्दै आईरहनु भएको कार्यक्रममा प्रस्ट्याउनुभयो । उहाँले ठुलो लगानीमा आयुर्वेद्ध उपचारका लागि हस्पिटकै भवन समेत निर्माण कार्य भैरहेको जनाउनुभयो । प्रशिक्षण्मा उपस्थित आयुर्बेद गुरुहरुले आयुर्वेद एक मात्रै जिवन जिउने पद्धती रहेको समेत जनाउनुभयो । उहाँहरुले बाँच्नका लागि खानेहरुले भान्समा जडीबुटी प्रयोग गर्दै निरोगी बन्ने कोशिस गर्नु पर्ने र खानका लागी बाँच्नेहरुले भने बिभिन्न जमफुटहरु खाएर रोग भित्र्याउने काम गर्ने समेत जनाउनुभयो । उहाँहरुले सँधै स्वास्थ्य रहन जडीबुटीको एकदमै आवश्यक रहेको समेत प्रष्ट्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0