Tuesday, June 2News That Matters

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२२ पुग्दा ३४ जना कोरोना मुक्त

पूर्णपुष्टि, माघ १६
उदयपुरमा आज (आईतवार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २२ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ५ महिला गरी ११ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज ३६ जनाको एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा ११ जनाको रिपोट पोजेटिभ आएको हो । आज थपिएका संक्रमितहरु कटारी नगरपालिका र जिल्ला अस्पताल उदयपुरमा परिक्षण गरिएकाहरु रहेका छन् । कटारीको १ जना पुरुष र अस्पतालमा परिक्षण गरिएका ६ पुरुष र ५ महिला संक्रमित भएका हुन् ।
जिल्लामा २२ पुरुष र १२ महिला कोरोना मुक्त भएका छन् । हालसम्म जिल्लामा कोरोनाबाट १ जना पुरुषको मृत्यु भएको छ ।