
पूर्णपुष्टि, माघ १७
प्रहरीमा जागिर लगाईदिने भन्दै ८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीका इजराईल मनसुरीलाई पक्राउ गरेको हो ।

बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरीले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

