
पूर्णपुष्टि, जेष्ठ २५
उदयपुरमा आज (मंगलबार) थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको हो ।
थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार सबै भन्दा बढी त्रियुगाका ३४ जनामा संक्रमण देखिएको छ, जसमध्ये २१ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै कटारीका ११ पुरुष र ६ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ र बेलकामा ११ जनामा संक्रमण देखिएको हो, जसमध्ये ७ पुरुष र ४ महिला रहेका छन् ।

आज थप २९ जना कोरोना जितेर घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३ सय ९२ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा संक्रिय संक्रमित ६ सय २७ पुरुष र ५ सय १७ महिला गरी हालसम्म १ हजार १ सय ४४ जना हरेको छ । स्वास्थ्य कार्यालयको तथ्याङले आज जिल्लाभर कोरोनाबाट कसैको पनि मृत्यु नभएको देखाउछ । हाल सम्म मृतकको संख्या ४६ हरेको छ ।
